एनसीसी र कुमारी बैंकबीच मर्जरबारे छलफल

७ आश्विन २०७९, शुक्रबार १८:५६

काठमाडौं । एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौताको लागि गृहकार्यमा दुवै संचालकहरुले छलफललाई तिव्रता दिईरहेको छ। यसअघि माछापुच्छ्र्रे बैंक र अन्य बैंकसँग छलफल भएपनि कुमारी बैंकसँग भने सम्भावना रहेको एनसीसी बैंकका संचालकले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले गत साता मात्रै एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिईसकेको छ । दुई बैंकबीच केही विषयमा भने अनौपचारिक छलफल भने भईरहेको छ।
बैंकको मर्जरपछि स्वाप रेसियो भने डीडीए रिपोर्टबारे पनि छलफल भएको छ। जसमा कुमारी र एनसीसीको १००ः९० अनुपातको लागि छलफल भइरहेको छ। दुवै बैंकले पुस मसान्तमै एकीकृत कारोबार गर्नेगरी प्रक्रियासमेत अगाडि बढाएका छन्।

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरूलाई ताकेता गरिरहेको छ। राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने सम्झौता गर्न ताकेता गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*