हाथवे इन्भेष्टमेन्ट नेपालद्धारा लाभांश दिने घोषणा
८ आश्विन २०७९, शनिबार ०९:३४

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले १०% लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको (असोज ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै, यसले असोज २८ गते साधारण सभा बोलाएको छ । सभा एम्बास्डर लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।