त्रिशुली जलविद्युत कम्पनीको आइपीओमा ६ करोड ९ लाख ४८ हजार १११ रकम चुक्ता

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम आजसम्म ३० हजार ६२ जनाले चुक्ता गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज ३० हजार ६२ जनाले ७ लाख ५५३ कित्ता सेयरको लागि ६ करोड ९ लाख ४८ हजार १११ रकम चुक्ता गरेका छन् । त्रिशुलीले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो ।
त्रिशुलीको आइपीओ २०७५ चैत ७ गते खुलेको थियो । त्यसबेला, कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५५ अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न आग्रह गरेको हो ।
सेयरधनीहरुलाई कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ ।