अभियान लघुवित्तको शेयर आजदेखि कारोबारमा, कतिमा खुल्यो ?
९ आश्विन २०७९, आईतवार ११:०८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । कम्पनीको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।
लघुवित्तको शेयर ३१६ रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म संस्थाको शेयर १.९९ प्रतिशत अर्थात् ६ रुपैयाँ ३० पैसाले बढेर ३२२ रुपैयाँ ३० पैसा पुगेको छ ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २५ लाख कित्ता शेयर शुक्रबार सूचीकृत भई आजदेखि कारोबारमा आएको छ ।