बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा, कुनले कति दिदैछ ?

९ आश्विन २०७९, आईतवार ११:२५

काठमाडौं । बोटलर्स नेपालको दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।

बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रति शेयर २० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

यी दुवै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*