उतारचढावकाबीच शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै सूचक राताम्य

९ आश्विन २०७९, आईतवार १५:१५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता उतारचढाव देखिएको शेयरबजार आज २३.८३ अंकले घटेर नेप्से इन्डेक्स १८१५ मा झरेको छ ।

बैंकहरुको ब्याजदर परिवर्तनसँगै शेयरबजारमा उतारचढाव देखिएको छ । गत साता बैंकहरुले बढाएर ब्याजदर सार्वजनिक गर्दा शेयरबजारमा ठूलो अंकको गिरावट आएको थियो । त्यलगत्तै राष्ट्र बैंकले ब्याजदर परिमार्जन गर्न निर्देशन दिएसँगै बैंकहरुले भटाभट ब्याजदर परिमार्जन गरेर पुनः सार्वजनिक गरेका थिए ।

तर पनि शेयरबजारमा रौनकता देखिएको छैन । आर्थिक संकटबाट उन्मुख हुन नसकेको अवस्थामा शेयरमार्केटमा केही महिनायता उत्साह देखिएको छैन । नेप्से सूचकसँगै कारोबार रकम समेत तल झरेको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य रहेका छन् । सर्वाधिक लगानी सूचक २.८२ प्रतिशत र फाइनान्स सूचक २.५७ र हाइड्रोपावर सूचक २.५४ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*