इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट सम्पन्न
१० आश्विन २०७९, सोमबार ०९:४२

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ७ गतेबाट २८ गतेसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो ।
जसमध्ये ५ लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब, यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरुको लागि आइपीओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ ।