कामना सेवा विकास बैंकले ल्यायो चाडपर्वलक्षित अफर, हरेक दिन १ लाख रुपैयाँ जित्ने मौका

१० आश्विन २०७९, सोमबार ११:२८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चाडपर्वलक्षित अफर ल्याएको छ । अब बैंकका ग्राहकले फोन पेबाट अनलाइन भुक्तानी गर्दा हरेक दिन एक लाख रुपैयाँसम्म जितिने भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुधिवा दिने हेतुले चाडपर्वलक्षित गरि उक्त अफर ल्याएको हो । बैंकका अनुसार फोन पे मार्फत क्युआर, आइबीएफटी र अनलाइन भुक्तानी गर्दा ग्राहकले हरेक दिन एक लाख रुपैयाँ जित्न सक्नेछन् ।

साथै यसका अलवा फोन पे क्युआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्ट फोन जित्न सक्नेछन् । यसका लागि ग्राहक तथा व्यवसायीले लक्की ड्र मा सहभागी हुन फोन पे अफर एपमा गई फेस्टिभ क्यालेन्ज एक्सेप्ट गर्नुपर्नेछ ।

बैंकका अनुसार यो योजना असोज ९ गतेदेखि लागू भइसकेको छ । त्यस्तै, डिजिटल भुक्तानीमार्फत आकर्षक छुट पनि प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गर्दा रकमको १० प्रतिशत अर्थात् १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*