बैंक तथा वित्तीय विशेष सम्मानबाट कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय सम्मानित

१० आश्विन २०७९, सोमबार ११:५९

काठमाडौं । बैंक तथा वित्तीय विशेष सम्मानबाट कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय सम्मानित भएका छन् । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले बैंकर उपाध्यायलाई सो सम्मान प्रदान गरेको हो ।

बैंक तथा वित्तीय क्षेत्र मार्फत देशको अर्थतन्त्रलाई समृद्धतर्फ अघि बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान प्रदान गरिएको हो । उनी विगत लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेकाले उक्त सम्मान प्रदान गरेको हो ।

उक्त सम्मान उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले  असोज ९ गतेका दिन एक कार्यक्रमका माझ उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*