एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका, ग्राहकरुले यस्ता सुधिवा पाउने

११ आश्विन २०७९, मंगलवार १७:४३

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । यस महान उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँ सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले असोज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डमार्फत एनएमबि बैंकको ग्राहकहरुले ई–कमर्श।पोसमा कारोवार गर्दा १०% वा ३०० रुपैयाँ सम्म क्यासब्याक पाउने सक्नेछन् । त्यस्तैप, क्रेडिट कार्डमार्फत एनएमबि बैंकको ग्राहकहरुले ई–कमर्श।पोसमा कारोबार गर्दा २०% वा ५०० रुपैयाँ सम्मको क्यासब्याक पाउनेछन् ।

साथै एनएमबि बैंकको ग्राहकहरुले ‘इ एनएमबि’ एपबाट एनटिसी।एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यस्को साथसाथै, सोही एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा ने २०० रुपैयाँ सम्मको क्यासब्याक पाउनेछन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भै सकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*