बिओके क्यापिटलले नगद लाभांश सहित बोलायो एजीएम

१२ आश्विन २०७९, बुधबार १०:१७

काठमाडौं । बिओके क्यापिटल मार्केटले कात्तिक ४ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएकोछ । सभामा कम्पनीले ५।७९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले १ करोड २१ लाख ५९ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*