आशा लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

१२ आश्विन २०७९, बुधबार १०:३६

काठमाडौं । आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले असोज ४ गते देखि सेयर बिक्री खुला गरेको हो । न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*