सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
१२ आश्विन २०७९, बुधबार ११:०६

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । संस्थाका ७ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नागपोखरी, नक्साल, काठमाडौं वा संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ साँगा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्न सक्नेछन् ।
उक्त शेयरको बिक्री मूल्य बिक्रीकर्ता संस्थापक शेयरधनीले तोकेबमोजिम हुने संस्थाले जनाएको छ ।