नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ आश्विन २०७९, बिहीबार १०:११

काठमाडौं । नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । असोज २८ गते साधारण सभा बोलाएको कम्पनीले शुक्रबार असोज १४ गतेदखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

कम्पनीको सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीले हालको जारी पुँजी ५ करोड रुपैयाँबाट बढाएर १० करोड पुर्याउने एजेन्डा पनि पेश गर्दैछ । आर्थिक वर्ष २०७८–७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*