आशा लघुवित्तले पौन ८ लाख कित्ता शेयर बिक्री गर्ने, प्रतिकित्ता ३९५ रुपैयाँमा जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ८९ हजार ९०० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरमा असोज २३ गतेदेखि असोज ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक संस्थापक शेयरधनी तथा अन्य कुनै व्यक्ति तथा संस्थाले कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काण्माडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
इच्छुक आवेदकले न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।