मेगा म्युचुअल फण्ड–१ को न्याभ घट्यो
१४ आश्विन २०७९, शुक्रबार ११:५२

काठमाडौं । मेगा क्यापिलट लिमिटेडको मेगा म्युचुअल फण्ड–१ ले चालु आर्थिक वर्ष भदौ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
उक्त विववरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । गत महिनाको मसान्तसम्ममा ८ रुपैयाँ ६४ पैसा रहेको फण्डको न्याभ यस अवधिसम्म घटेर ८ रुपैयाँ १३ पैसा कायम भएको छ ।
त्यस्तै भदौ मसान्तसम्म फण्डको सूचीकृत शेयरमा लगानी समेत घटेको छ । भदौ मसान्तसम्म फण्डको यस्तो लगानी ८६ करोड ९६ लाख ३० हजार रुपैयाँ रहेको छ । अघिल्लो महिना यस्तो लगानी ९० करोड ५४ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।