कुमारी बैंकद्वारा ७ जना ग्राहकहरुलाई बीमा वापतको रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको कुश्मा शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको कुल २ लाख ३० हजार ४२७ रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको हो ।
उक्त बचत खाता अन्तर्गत बैंकको कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकहरुलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको हो । उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश ३३ हजार २५० रुपैयाँ, ३८ हजार रुपैयाँ , ३८ हजार रुपैयाँ, ३८ हजार रुपैयाँ, १७ हजार १०० रुपैयाँ, २८ हजार ७७ रुपैयाँ र ३८ हजार रुपैयाँ बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ । साथै यस बचत योजना अनुसार खातावालालाई निशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।