कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्ट सम्झौता
१५ आश्विन २०७९, शनिबार ११:१२

काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाएको छ।