चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन पालना नगरे बैंकहरुलाई राष्ट्र बैकले कार्वाही गर्ने

१५ आश्विन २०७९, शनिबार १३:३१

काठमाडौं । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ लागू हुनुपूर्व लागु गरिएको मार्गदर्शनको पालाना नगरे बैंकमाथि कडा कारबाही हुने भएको छ । मार्गदर्शनको पूर्ण पालना नगरी बैंकहरुले चालू पुँजी कर्जा नबीकरण गरेको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने नियम राष्ट्र बैंकको रहेको छ।

बैंक तथा वित्तीय संस्थाले २०७९ कात्तिक १ गतेदेखि चालू पुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण, वा पुनरावलोकन गर्दा केन्द्रीय बैंकबाट जारी मार्गदर्शनअनुरुप हुनुपर्ने व्यवस्था पनि गरेको छ ।
चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमाथि व्यवसायीले विरोध गर्दै आएका छन् । तर राष्ट्र बैंकले भने कात्तिक १ गतेदेखि यसलाई लागु गर्ने तरखरमा रहेको छ ।

Circular-3-ABC-Working-Capital-Loan-guidelines-related

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*