नेपालमा बीमा क्षेत्रको विकासमा बीमा साक्षरताको आवश्यकता र चुनौतिहरु

सुदर्शन बस्नेत
२१ आश्विन २०७९, शुक्रबार १०:२२

बीमा साक्षरता भन्नाले आफ्ना आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी ढगंबाट प्रयोग गरी जोखिम व्यवस्थापन सँगै आर्थिक व्यवस्थापन गर्न सिकाउने ज्ञान तथा कलालाई बुझ्न सकिन्छ । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपुर्ण योगदान गर्न सक्दछन् ।

नेपालमा बीमा बजार परिपक्क र विकास नहुने कारण मध्ये बीमा साक्षरताको कमीलाई एक महत्वुर्ण मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने जीवन बीमा समितिको हालै प्रकाशित तथ्थलाई हेर्दा आव २०७८।०७९ सम्म कुल ३ करोड जनसंख्या ४१ प्रतिशत मात्र बीमामा पहुच रहेको तथ्थ रहेको छ । यसरी तथ्थांकलाई विश्लेषण गर्दा विगतको तुलनामा १३ प्रतिशत बीमा क्षेत्रको दायरा बृद्धि भए संगै बीमा साक्षरता पनि बढेको मान्न सकिन्छ ।

विश्वभर नै वित्तीय साक्षरता, बैंकिङ्ग साक्षरता र बीमा साक्षरता बारे निकै चर्चा परिचर्चा हुने गर्दछ । जस मध्ये सवैभन्दा कम वित्तीय साक्षरता रहेको क्षेत्र पनि बीमा साक्षरता नै हो । जुन नेपालको सन्दर्भमा बीमा क्षेत्रको विकास भएको ७१ वर्षको इतिहास रहेता पनि भर्खर बामे सर्दै गरेको बच्चा अवस्थाबाट विस्तारै हिड्न सक्ने अवस्थामा पुुगेको छ । बीमा साक्षरतालाई साधारणतया आम नागरिकले वित्तीय स्रोत साधनलाई आफ्नो जीवनको हितको लागि प्रभावकारी रुपमा प्रयोग गर्न सक्ने ज्ञान सिपलाई कति सम्म उपयोग र सदुपयोग गरेको छ भन्ने कुरालाई परिभाषित गरिएको पाइन्छ ।

के बीमालाई बुझ्न र व्याख्या गर्न सक्नुु मात्रै बीमा साक्षरता हे ? कुनै पनि मानिसको बीमा साक्षरता मापन गर्ने हो भने, उसले बीमाको बारेमा कति जानकारी हासिल गरेको छ भन्ने कुरा निजले बीमालाई आफ्नो जीवनमा कति हदसम्म लागुु गर्न सकेको छ । भन्ने कुुराले पुष्टी गर्दछ । बीमा साक्षरताले बीमा क्षेत्रको विकासको अभिबृद्धि गर्दछ साथै सहभागितामा समेत बृद्धि गर्न मदत गर्दछ । जसले बीमा सेवाहरु, बीमाको प्रोडक्टका बारेमा राम्ररी बुुझ्न र उक्त बीमाका योजनाहरु सँग जोडिएका जोखिमहरुको जनघनत्व र गहिराईको पहिचान गरी जोखिम व्यवस्थापन संगै आर्थिक व्यवस्थापन गर्न सिकाउदछ । साथै बीमा कम्पनीहरु र सरोकारवाला निकायहरु मार्फत आम नागरिकको वास्तविक आवश्यकतालाई पहिचान गरी उनिहरुदलाई बीमा एक विश्वास जितेर काम गर्ने क्षेत्र भएकोले पनि समाजका लक्षित बर्ग बालबालिका, महिला, किसान, बृद्धि आदि संगै सगै आम नागरिकलाई बीमाको बारेमा बुद्धिमतापूर्ण निर्णय लिन सक्ने अवस्थामा पुु्र्याउन बीमा साक्षरताले मात्र पुरा गर्न सक्दछ ।

बीमा साक्षरताको महत्वः

बीमा क्षेत्र देशको वित्तिय प्रणालिको एक महत्वपुर्ण पाटो हो । वित्तिय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक रुपमा बढी बचत गरी त्यसको सही समयमा सही क्षेत्रमा लगानीको माध्यम मार्फत जोखिम हस्तान्तरण संगै बढी लाभ लिन सकिरहेका हुन्छन् । बीमा अन्य उपकरण भन्दा निकै जटिल वित्तिय उपकरण पनि हो । हरेक क्षेत्रमा सूचना प्रविधिको विकास संगै एकातर्फ अवसरका ढोका खुल्दै गईरहेको अवस्था छ भने अर्को तर्फ मानविय जोखिम संगै प्राकृतिक जोखिमहरु जस्तै भुकम्प, बाढी पहिरो, जलवायु परिवर्तन, हावाहुरी, खडेरी, चट्याङ, माहामारी, घातक रोग दुर्घटना आदि जस्ता जोखिमहरु पनि बढ्दै गईरहेको छ । यसै सन्दर्भमा मानिसहरुले आफ्नो जीवन सुरक्षा संगै आफ्नो भौतिक सम्पत्तिको सुरक्षा व्यवस्थापन गर्दै आफ्नो आर्थिक हैसियत अनुसार बीमामा लगानी गरी सम्पुर्ण जोखिमहरु बीमा कम्पनीहरुलाई हस्तान्तरण गरी आनान्दमय र निर्धक्क जीवन व्यत्तित गर्ने अवसर बीमा क्षेत्रले मात्र पुरा दिन सक्दछ । यसर्थ बीमा साक्षरता आम नागरिकमा हुनु अपरिहार्य छ । जसलाई बुँदागत रुपमा यसको महत्व बारे प्रष्ट पार्दाः

१ आधुनिक बीमा सेवा सुविधाको सरल र कम लागतमा छनोट गर्ने अवसर
२ उधोग धन्दा, कलकारखानाको विकास संगै व्यापार तथा वाणिज्य क्षेत्रको विकास हुने
३ मौद्रिक तथा वित्तिय नीतिको कार्यन्वयनमा सहयोग हुने
४ ग्रामिण तथा पिछडिएका क्षेत्र, वर्ग, समुदाय आदिको बीमामा पहुच संगै गरिबी न्युनिकरण हुने
५ कृषि क्षेत्रको व्यवसायिकरण, विविधिकरण गर्दै उत्पादनकत्वमा वृद्धि हुने
६ आम नागरिकको जीवनस्तरमा बृद्धि संगै आर्थिक सामाजिक विकास र विस्तार हुने
७ बीमा क्षेत्रमा समावेशिता संगै पहुच बृद्धि भई सामाजिक सुरक्षामा सहयोग पुुग्ने
७ जोखिम व्यवस्थापन संगै आर्थिक व्यवस्थापनमा सहयोग पुुग्ने
८ बिप्रेषण आय उपभोगमा मात्र खर्च नभई बीमा लगानी हुुने

नेपालको सन्दर्भमा बीमा साक्षरताको अवस्था र चुनौतीहरुः

नेपालको बीमाको विकास अन्य वित्तिय क्षेत्र भन्दा अघि नै भएता पनि नेपालमा बीमा साक्षरताको अवस्था धेरै नै पछि रहेको अवस्था छ । नेपालमा मर्जर अघि जीवन बीमा व्यवसायतर्फ १९ र निर्जिवन बीमा तर्फ २० र २ पुर्नबीमा कम्पनीहरुको बीमा सेवा ७७ जिल्लामा ३३३७ शाखा उपशाखा सहित करिव १२,००० भन्दा बढि व्यक्तिहरु कर्मचारीको रुपमा कार्यरत छन् । बीमा अभिकर्ता ३ लाखको संख्यामा साथै बीमा मध्येस्थकर्ताहरुको पनि राम्रो सहभागिता हँुुदा हुुदै पनि अपेक्षा गरे अनुरुप बीमाको पहुच संगै बीमा साक्षरता नभएको मान्न सकिन्छ । हाम्रो छिमेकि राष्ट्रहरुमा नै बीमाको विस्तारलाई प्रथामिकतामा राखेर सरकारले आफ्ना बजेट तथा कार्यक्रममा समावेश गरी बीमा पहुच बढाउन बीमा साक्षरतामा ठुलो धनराशि खर्च गरिएको हुन्छ भने नेपालमा भने त्यस्तो अवस्था पाईदैन । भारतमा १९६८ मा कृषि बीमा लागु गर्दा नेपालमा भने भर्खरै यसको अभ्यास गरिदै छ । तर पछिल्लो वर्षहरुमा बीमा साक्षरतालाई लिएर नियमनकारी निकाय बीमा समिति, बीमा व्यवसायि, अभिकर्ता, सर्भेयर, तेस्रो पक्ष सहजकर्ता र बीमा दलालहरुको एकिकृत ढंगबाट बीमा साक्षरताका लागि सामुहिक अभियानमा जुटेको अवस्थाले नेपालको बीमा क्षेत्रको सूस्त वृद्धिलाई तोड्दै बीमा क्षेत्रमा नयाँ फड्को मार्न सकिने आशलाग्दा काम पनि भएका छन् । विशेष गरी बीमा समितिले विभिन्न स्थानीय निकाय गाउँपालिका तथा नगरपालिकासंग सम्वनय गरी बीमा जनचेतनामुलक कार्यक्रम बनाई हाल अघि बढेको पाईन्छ । यससंग सम्बन्धित धेरै बीमा निर्देशिका समेत जारी गरिएको छ । साथै हाल नयाँ बीमा ऐन समेत संसदबाट पारित भईसकेको अवस्था छ जसले गर्दा बीमा समितिको स्वायत्तता बढ्ने देखिन्छ । आव २०७९।८० को बजेट वक्तब्यमा पनि बीमाको पहुच विस्तारका लागि एक घर एक बीमा नीति, सामुदायिक दुर्घटना, बीमा सूचना केन्द्रको परिकल्पना, बीमा कलेजको स्थापनामा प्रोत्साहित, बीमा सेवा प्रदायक निकायहरुको संस्थागत प्रणालिगत सुधार, कृषि लघु उद्यम बीमा व्यवसायमा पहुच र घुम्ती बीमा जस्ता कार्यक्रम समेटिएका छन् । राष्ट्रिय बीमा नीति र विपद जोखिम रणनिति तर्जुमा, आयकर छुट, प्रयोजनको लागि थप सीमा, बीमा महाविपत्ति बण्डलाई समेटिएको साथै स्थानीय तहले बीमामा छुट, अनुदान र सहुलियत दिएर सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमसंगको आवद्धताले गर्दा झनै बीमाको प्राथमिकता र आवश्यकता समेत बढ्न थालेको पाईन्छ । त्यसको सहि ढंगबाट कार्यान्वयन भएमा अगामि दिनमा बीमा साक्षरतासंगै बीमामा पहुच बढ्न थालेको छ ।

बीमा साक्षरता एक छरिएको, फराकिलो र प्राविधिक विषयसंग अन्तर सम्बन्धित भएकोले पनि यस संग प्रयाप्त समाग्रिको अभाव, विद्यालय विश्वविद्यालयको पाठ्यक्रममा पनि समेट्न नसक्नु जस्ता समस्याले पनि बीमा साक्षरतालाई प्रभावकारी रुपमा बढ्न नसकेको हो कि भन्न सकिन्छ । मानिसहरुमा बीमा जानकारी हुदा हुदै पनि कतिपय मानिसहरुमा क्षमता भएर पनि क्षमता भन्दा कमको बीमा योजना लिएको पाईन्छ । बीमा प्रोडक्टहलाई बिक्री गर्न बीमा कम्पनीहरु विभिन्न व्यक्ती, संगठित संस्था, व्यवसायी आदि संग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उपस्थिति भई बीमाको बारेमा आधारभुत कुराहरु र यसका फाईदा बेफाईदा आदि सम्बन्धमा बुुझाउने प्रयास गदा उनीहरु मार्फत आफ्नो जोखिम हस्तान्तरण र आर्थिक बचत र संरक्षण हुने कुरा भन्दा बढी विभिन्न शंखा उपशंखाको दृष्टिले हेर्ने प्रवृतिले पनि बीमा साक्षरता बढ्न नसकेको हुनसक्छ । यसर्थ सचेत पदीय हैसियत र जिम्मेवारी पाएका व्यक्तिहरुमा बीमा बुुझ्ने प्रयास नगर्नुु, जागरुकता गराउन खोज्दा पनि व्यक्तिगत आर्थिक स्वार्थमा जोडिएको भन्ने भ्रममा परी राम्रोसंग बुुझ्न नचाहेर पनि बीमा साक्षरता अपेक्षित रुपमा बढ्न नसकेको हो । नेपालको न्युन आर्थिक अवस्थाले गर्दा अधिकांश नागरिक आफ्नो आधारभुत आवश्यकता पुरा गर्नमा नै केन्द्रिय रहेको पाईन्छ । जसले गर्दा बीमालाई आफ्नो प्राथमिकता भन्दा परको विषय मान्ने अवस्था र सोचाई आम जनमानसमा रहेको छ ।

बीमा साक्षरताको लागि अव के गर्ने ?
नेपालमा बीमा क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ३.६३ प्रतिशत योगदान र वार्षिक रुपमा १५ अर्व भन्दा बढी कर राज्यलाई प्रदान गरिरहेको क्षेत्र हो । जसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारीका अवसर प्रदान गर्नुका साथै प्रकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, सम्पति र दायित्वको रक्षावरण गरी वित्तिय सुरक्षा प्रदान गर्न बीमाले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । तर पनि नेपालमा यस क्षेत्रलाई सरकारले आफ्नो बजेट नीति, कार्यक्रममा अन्य क्षेत्र जस्तै प्राथमिकतामा राखेर अगाडि बढाएको देखिदैन, जसले गर्दा आज बीमा साक्षरताको अवस्था दुखदायी रहेको पाईन्छ । यसर्थ नेपालमा पनि अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास अनुरुप बीमा सेवा विस्तार गरी, र्आिर्थक, प्राकृतिक, सामाजिक, एव अन्य कारणबाट उत्पन्न हुने सम्पुर्ण जोखिमलाई बीमाको दायरामा ल्याउने, सरकारी सम्पत्तिको बीमा गराउने, दुुर्गम तथा न्युन आय भएका समाजका सबै वर्ग, तह र कारोवारमा बीमाको पहुच पुर्याएको अवस्था मात्र बीमा साक्षरता बढ्न जान्छ ।
यसका लागि राज्यले आफ्ना बीमासंग सम्बन्धित नीतिगत कानुनी, संस्थागत सुधार गर्दै प्राथमिकता अनुसार कार्यान्वयनमा जोड दिनुुपर्ने देखिन्छ । सरकारले हरेक कुरा सुरुवात चाँहि गर्न खोज्ने तर कार्यक्रमलाई व्यवस्थित कार्यान्वयन गर्न नखोज्ने प्रवृत्तिले हालै सञ्चालनमा आएको स्वास्थ्य बीमा र कोरोना बीमाको दावी भुक्तानी र स्वास्थ्य बीमाको सेवाको अवस्था र प्रकृया व्यवस्थित हुन नसक्दा आम नागरिकको बीमा प्रति जाग्दै गरेको विश्वास पनि यस प्रकारको समस्याले बीमाको विश्वास र यस प्रति नकरात्मक धारणा बन्दै गईरहेको पाइन्छ । बीमा कार्यक्रमलाई समग्र क्षेत्र समेटन कम प्रिमियममा बीमा कार्यक्रमलाई स्वछेच्कि होईन की अनिवार्य गर्नु पर्दछ । जस्तै घरको बीमा गर्दा नक्सा पास संगसंगै अनिवार्य गर्न सकेमा जनमानसमा बीमाको आवश्यकता बुझ्ने र अन्य बीमा पोलिसीहरुको खरिदमा आकर्षण निश्चय नै बढ्दै थियो ।

उपसंहार

नेपालको साक्षरता बृद्धिदर संगै बीमा साक्षरतामा पनि बृद्धि भईरहेको छ । तर बीमा उद्योगको विकासको लागि उत्साजनक बीमा साक्षरता हुन सकिरहेको छैन । हिजोको बीमा बजार अर्ब बाट खर्बको बजारमा पुुगिसकेको अवस्थाले पनि नेपालको आर्थिक क्षेत्रमा बीमाले दिने योगदानको ग्राफ पनि बढ्दै गईरहेको छ । यसर्थ बीमा क्षेत्रको पेनिट्रेशन र डेन्सिटिमा बृद्धि भएको मान्न सकिन्छ । हिजो बीमा बजार संकुचित दायरामा सीमित थियो तर आजको दिनमा बीमाको बजार विश्वव्यापि रुपमा बढ्दै गईरहेको छ । आज हरेक पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट, र अन्य विभिन्न पेज आदिमा बीमाका सम्बन्धमा नलेखिएका र प्रचार नगरिएका सन्दर्भ नहोला । त्यसैले बीमा साक्षरता बढेर गएको छ । बीमा समितिको असार मसान्त सम्मको तथ्यलाई हेर्दा ४१ प्रतिशत बीमाको दायरा बृद्धि भएको छ । अझै पनि ५९ प्रतिशत बजार हिस्सा र बीमाको दायरामा बृद्धि गर्न बीमा साक्षरताको भुमिका अपरिहार्य देखिन्छ । बीमा क्षेत्रको गुणात्मक वृद्धि र विकासको लागि अब कछुवाको गतिमा घस्रेर होईन, खरायोको चालमा दौडन सक्ने गरी सवै सरोकारवाला पक्ष तयार हुुनुु पर्ने र सो अनुुसारका संयन्त्र संयन्त्र संगसंगै ऐन, नीति, कार्यक्रम तर्जुमा र कार्यन्वयन पक्षमा जोड दिनु जरुरी देखिन्छ ।
विकसित मुलुकहरुमा प्रत्यक व्यक्तिको जन्म देखि मृत्यु सम्मका हरेक कार्यहरुमा बीमालाई अनिवार्य रुपमा आवद्धता गरिएको हुन्छ । तर विडम्वना त्यो नेपालकमा हुुन सकिएको छैन् । झनै नेपाल जस्तो भौगोलिक, सामाजिक, र आर्थिक अवस्थाले पछाडि परेको मूलुकमा बीमाको बारेमा आम नागरिकको अनिवार्य आधारभुत आवश्यकताको रुपमा सरकारले प्राथमिकतामा राख्नु पर्दछ । जसले गर्दा नेपाल सरकारले राखेको समृद्ध नेपाल, सुखि नेपालीको दिर्घकालिन सोच र वजेटले राखेको एक घर एक बीमा नीतिलाई साकार बनाउन वित्तिय क्षेत्रको एक महत्वपुर्ण क्षेत्रको स्थापित हुने छ । आजका दिनमा बीमा कम्पनीहरु र सरोकारवाला निकाय जसरी बीमाको बारेमा चेतना र ज्ञान फैैलाउदै हिँडिरहेका छन् त्यसैगरी आम नागरिकहरुले भोलिका दिनमा आफै बीमा कम्पनीहरुका ढोका ढकढकाउदै बीमा पोलिसी खरिद गर्न आउने वातावरण तयार गर्न बीमा साक्षरताको आवश्यकता रहेको छ । जसमा जनचेतना मात्र होईन, उसले आफ्नो जीवन र आफ्नो सम्पतिको जोखिम हस्तान्तरण गर्ने चेतना संगै जगरुपता आउने छ । जुन हाम्रो सामाजिक संस्कारको रुपमा ग्रहण गर्ने परिपाटी बनाई स्वतस्र्फुत बीमा गरिने संस्कारको विकास गरी जोखिम व्यवस्थापन गर्दै आर्थिक भारलाई बीमा मार्फत न्युनिकरण गर्दै, वित्तिय सुरक्षा संगै प्रत्यक व्यक्ति, परिवार, समाज, संगठन र राज्यको सुरक्षासंगै समग्रको आर्थिक भरपाई गर्ने एक महत्वपुर्ण माध्यम भनेको नै बीमा क्षेत्र रहेको हुनाले आम जनमानसमा अहिलेको विद्यमान परिस्थितिमा बीमा साक्षरता बढाउनु अपरिहार्य छ । जुन नेपालको बीमा बजारको गुणात्मक विकास र विस्तारको लागि आजको आवश्यकता पनि हो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*