भोलिबाट शेयर कारोबार खुल्दै, के छ पछिल्लो अपडेट ?
काठमाडौं । गत बिहिवारबाट दशैंका कारण बन्द भएको शेयर बजार भोलिबाट खुल्दैछ । दशैंमा रहेको सार्वजनिक विदा परेकोले असोज १३ गते शेयर कारोबार बन्द भएको थियो ।
दशैंको विदा सकिएकोले भोलिबाट शेयर कारोबार खुल्दैछ । दशैं विदामा ९ दिन बन्द भएपछि भोलिबाट शेयर कारोबार खुल्न लागेको हो ।
दशैं अघि गत असोज १३ गते नेप्से १६.२९ अंकले बृद्धि भई १८५३.७६ अंकमा पुगेर बन्द भएको थियो । गत साताको बिहिवार नेप्सेमा ६३ करोड २४ लाख सात हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको थियो । सो दिनमा जीवन बीमा समुहको मात्रै घटेको थियो भने बाणिज्य बैंक, विकास बैंक, फाइनान्स समुहको शेयर मूल्य बृद्धि भएको थियो ।