आशा लघुवित्तको करिब ८ लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने, अंकित मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ

२३ आश्विन २०७९, आईतवार १०:५३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको लिलामी शेयरमा आज (असोज २३) गतेदेखि आवेदन दिन सकिनेछ ।

संस्थाले संस्थापक समूहतर्फको ७ लाख ८९ हजार ९ सय कित्ता शेयर आजदेखि लिलामी बढाबढमार्फत बिक्री खुल्ला गरेको हो । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थाले उक्त सेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।

संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*