शेयरबजारमा ११ अंकको सुधार, १२ उपसूचकमा हरियाली छाउँदा कारोबार ६९ करोडमा सीमित

२६ आश्विन २०७९, बुधबार १५:१७

काठमाडौं । दशैंपछि दुई दिनयता घटेको शेयरबजारमा आज सामान्य अंकको सुधार देखिएको छ । दशैंपछिको पहिलो कारोबारको दिन उचालिएको शेयरमार्केट त्यसयताका दुईदिन घट्न पुगेको थियो ।

आज नेप्से परिसूचक ११.३६अंकले बढेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

दशैंयताका शेयरबजारमा कारोबार रकम अर्बमा उक्लिन सकेको छैन । चरम मूल्यबृद्धि तथा महँगीको चपेटामा परेका कारण पनि शेयरबजारमा कारोबार रकम माथि उक्लिन सकेको छैन ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड र व्यापार समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक फाइनान्स समूहको २.६८ प्रतिशत र विकास बैंक समूहको २.०९ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*