बहुचर्चित कुमारी बैंकको धनबृद्धि रिकरिङ मुद्दती निक्षेपको स्किम सकिँदै, १०० गुणासम्म प्रतिफल पाउने योजनामा लगानी गर्ने अन्तिम अवसर

२६ आश्विन २०७९, बुधबार १७:५०

काठमाडौं । कुमारी बैंक लिमिटेडले केही समयअघि ल्याएको बहुचर्चित ‘धनबृद्धि रिकरिङ मुद्दती’ निक्षेपको स्किम सकिँदै छ । बैंकले सो योजनामा लगानी गर्ने अवसर अब केही दिन मात्रै बाँकी रहेको जनाएको छ ।

बैंकले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै ५ देखि १०० गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र बाँकी रहेको छ । व्यक्तिगत पुँजी निर्माण गर्न रिकरिङ्ग निक्षेप सबै भन्दा राम्रो विकल्पको रुपमा मानिन्छ ।

कुमारी बैंक लिमिटेडले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एसआईपी अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो । नेपालीको बित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ । यस आवर्ती (रिकरिङ) योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ ।

यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना असोज १ गतेदेखि लागू भएको हो । सम्भवतः यस दशक कै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा बृद्धि गर्ने मौका कुमारी बैंकको यस खाताले प्रदान गर्दै आएको छ ।

जस्तै कुनै एक ग्राहकले धनबृद्धि रिकरिङ मुद्धती निक्षेपमा १० लाख रुपैयाँ राखेमा १९ वर्ष ९ महिना १६ दिनमा १०० गुणा अर्थात् एक करोड रुपैयाँ हुनेछ । यसर्थ कुमारी बैंकको उक्त योजनामा लगानी गर्ने यो उत्तम अवसर हो । अझै आफ्नो सन्तानको नाममा १० लाख रुपैयाँ निक्षेप राखेर १९ वर्ष ९ महिना १६ दिनमा उक्त रकम एक करोड रुपैयाँ हुनेछ ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि पच्चीस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*