असोजको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो, सीडी रेसियो ८७.२५ प्रतिशत

काठमाडौं । असोजको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स संघले उपल्ब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो । बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्यांक अनुसार (असोज १५ गतेदेखि असोज २१ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको हो।
एनबीका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ। गत असोज १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँ घटेको तथ्यांकमा उल्लेख रहेको छ ।
यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेको छ। गत असोज १४ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ । असोज २१ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ।