नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

२७ आश्विन २०७९, बिहीबार १०:२०

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम आजसम्म रहेको छ । कम्पनीले भदौ २४ गते देखि ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।इच्छुक आवेदकले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । शेयर मूल्य न्यूनतम प्रतिकित्ता रू।७५० तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । आवेदककले कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*