बाराही हाइड्रोपावरले आईपीओ जारी गर्ने, कहिलेदेखि आवेदन दिन पाउने ?

२७ आश्विन २०७९, बिहीबार १०:२६

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि कात्तिक ४ गतेदेखि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । उक्त शेयर खरीदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं। १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गा।वि।स।का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा मंसिर ४ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा कम जोखिम अर्थात उच्च सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*