रुरु जलविद्युत्को शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

२७ आश्विन २०७९, बिहीबार १०:३५

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

हिजो शेयरबजार बन्द हुनुभन्दा अघि कायम ८२७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ७५१ रुपैयाँ ८२ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा नै आज शेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*