बरुण हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

२७ आश्विन २०७९, बिहीबार १०:५७

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको हकप्रद असोज २६ गते बाँगफाँड गरिएको हो ।

कम्पनीले १ः१ अनुपातमा अंकित मूल्य १०० रुपैयाँ दरका २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर भदौ ६ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो ।

साथै साउन १ गतेसम्म कायम शेयरधनीहरुको लागि १ः१ अनुपातमा जारी गरिएको हकप्रद शेयर नेप्सेमा सूचीकृत गराई अभौतिक रुपमा कारोबार भएपश्चात आफ्नो शेयर अभौतिकीकरण गराएका उक्त कम्पनीका शेयरधनीको हकप्रद शेयर निजहरुको हितग्राही खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*