बैंकहरुमा एकैदिन ३० अर्ब निक्षेप बाहिरियो, सीडी रेसियो समेत बढ्यो

२७ आश्विन २०७९, बिहीबार ११:२०

काठमाडौं । बैंकहरुमा एकैदिन ३० अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्बले घटेको हो ।

राष्ट्र बैंकका अनुसार असोज २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा एकैदिनमा घटेर असोज २५ गतेसम्ममा ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

जसमा वाणिज्य बैंकहरुको मात्रै ४४ खर्ब ८१ अर्ब रुपैयाँ कायम रहेको छ । असोज २५ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ह्वात्तै घटेर ४४ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय ब्याजदरको विषयले गर्दा पनि दैनिक रुपमा बैंकहरुबाट निक्षेप घटिरहेको छ । निक्षेप घटेसँगै यता कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) समेत बढ्न पुगेको छ । असोज २४ गते ८७.२० प्रतिशतमा कायम रहेको सीडी रेसियो बढेर असोज २५ गतेसम्ममा ८७.८१ प्रतिशत पुगेको छ ।

त्यस्तै, यता बैंकहरुको कुल कर्जा लगानी समेत घट्न पुगेको छ । बैंकहरुको एकैदिन कर्जा लगानी २ अर्ब घटेर ४७ खर्ब २३ अर्ब पुगेको छ । अघिल्लो दिनसम्म बैंकहरुको कर्जा लगानी ४७ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*