नयाँ ब्रोकर लाइसेन्सको सिफारिस लिन २८ कम्पनी पुगे नेप्से

२७ आश्विन २०७९, बिहीबार १२:२३

काठमाडौं । नयाँ ब्रोकर (अनुमतिपत्र) लाइसेन्सको सिफारिस लिन २८ कम्पनी नेप्से पुगेका छन् । नयाँ ब्रोकरको लाइसेन्स लिन २८ वटा कम्पनी सिफारिस लिन नेप्से पुगेका हुन् ।
बिहिबार नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ब्रोकर लाइसेन्सको सिफारिसको लागि २८ कम्पनीले आवेदन दिएका छन्,’ उनले भने, ‘आवेदन दिने अधिकांश कम्पनीलाई सिफारिस दिइसकेका छैनौं।’ कम्पनीले दिएको निवेदनको आधारमा चाँडै नै सिफारिस प्रदान गरिने पराजुलीले बताए ।

उनका अनुसार अहिलेसम्म सेयर प्रो, इन्डेक्स सेक्युरिटीज, पाही इन्भेष्टमेन्ट, प्रोपर्टी, केबिएल सेक्युरिटीज, प्रभु स्टक ब्रोकर, क्यापिटल म्याक्स सेक्युरिटीज, एनएमबी सेक्युरिटीज, भोलेनलेज सेक्युरिटीज, कलश र माछापुच्छ्रे सेक्युरिटीजलगायत अन्य कम्पनीले नेप्सेमा सिफारिसका लागि पुगेका हुन् ।

हालै हिमालयन बोक्रेज लिमिटेडले भने सीमित कार्य गर्न भन्दै बोर्डमा आवेदन दिइसकेको छ । हिमालयनले २० करोड रुपैयाँ पुँजी पुर्याएर सिमित कार्य गर्ने गरि बोर्डमा आवेदन दिएको हो ।
धितोपत्र ब्रोकरको लाइसेन्स वितरण गर्नकै लागि नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४ संशोधन गरेको हो ।
संशोधित नियमावलीमा हरेक वर्ष नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने, कार्यक्षेत्रका आधारमा पुँजी वृद्धिदेखि बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स वितरण गर्नेसम्मका व्यवस्था छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*