ब्याजदर बढाउने निर्णयबाट पछि हट्दै बैंकर्स संघ

२७ आश्विन २०७९, बिहीबार १४:५२

काठमाडौं । नेपाल बैंकर्स संघको बुधबार बसेको कार्यसमितिको बैठकले बैंकहरुको ब्याजदर तत्काल बढाउन नहुने निष्कर्ष निकालेको छ । चौतर्फी विरोध हुन थालेपछि बैंकर्स संघले कात्तिकका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

बैंकहरुले असोज महिनादेखि लागू हुनेगरी ब्याजदर बढाएसँगै चौतर्फी विरोध भएको थियो । बैंकहरुले ब्याज बढाएपछि नेपाल उद्योग वाणिज्य महासंघदेखि नेपाल चेम्बर अफ कमर्ससम्मले विरोध जनाएका थिए । विभिन्न व्यवसायी संगठनहरुले बैंकहरुको ब्याजदर घटाउनुपर्ने दबाव दिएपछि अर्थमन्त्री जनार्दश शर्माले ब्याजदर घटाउनका लागि अध्ययन समिति बनाएका थिए ।

अध्ययन समितिले बैंकहरुको ब्याजदर घटाउने उपायसहितको प्रतिवेदन समेत बुझाइसकेका छन् । तर बैंकर्स संघले बैंकको ब्याज घटाउन कसरी अघि बढ्ने बारेमा भने निर्णय भइनसकेको जनाएको छ । संघका अनुसार यसबारेमा २६ वटै बैंकका सिइओहरुसँग छलफल भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*