नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ४.१५ अंकले बढेर १८७० विन्दुमा कायम हुन पुगेको छ ।
आज शेयरबजारमा ८२ करोड ९६ लाख रुपैयााँमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको ३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २७ लाख, शिवम् सिमेन्ट्सको २ करोड ९१ लाख, रिडी हाइड्रोपावरको २ करोड ८३ लाख र हिमालयन डिस्टिलरीको २ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।