नेप्सेमा पिपुल्स पावरको आइपीओ सूचीकृत, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पिपुल्स पावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज (पीपीएल) सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६३ लाख २६ हजार कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर आइतबारदेखि नै कारोबार गर्न सकिनेछ ।
कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ९४ रुपैयाँ ९६ पैसादेखि २८४ रुपैयाँ ८८ पैसासम्म पाउने देखिएको छ । नेप्सेले जुन कुनै कम्पनीको पहिलो कारोबार लागि वास्तविक नेवटर्थको तीनगुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको आव २०७७।७८ को वास्तविक प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ९६ पैसा रहेको छ । सोही नेटवर्थको आधारमा नै उक्त रेञ्ज पाउने देखिएको हो ।