सिभिल बैंकद्धारा पशुपति क्षेत्रका बिरुवाको संरक्षणको लागि ट्री–गार्ड प्रदान

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि ट्री–गार्डहरु प्रदान गरेको छ ।
सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु उपस्थित भएका थिए ।
कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पशुपती क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पु¥याउन पाउँदा आफुलाई खुशी लागेको बताए ।