वाणिज्य बैंकहरुको लाभांशमा कडाई गर्दै राष्ट्र बैंक, प्रभु बैंकसहित पाँच बैंकको लाभांश रोक्ने तयारी

२७ आश्विन २०७९, बिहीबार १७:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित गएको भन्दै रोकेर राखेको बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरण रोकिएको लामो समय बितिसकेको छ। राष्ट्र बैंकबाट दुई सातामा नै स्विकृती पाउने प्रावधान भएपनि नियम विपरित गएको भन्दै डेढ दर्जन बैंकहरुको वित्तिय विवरण रोकिएर राखिएको छ। त्यस्तै राष्ट्र बैंकको निर्देशन बमोजिम वाणिज्य बैंकहरुले प्रोभिजनमा बढी लाभांश कम ध्यान दिन यसअघि नै निर्देशन दिएको कारण पनि लाभांशमा केही कडाई गरिने देखिन्छ ।

राष्ट्र बैंकले दिएको निर्देशन अटेर गर्दा ती बैंकहरुको वित्तिय विवरण पारित भएको छैन । निर्देशन पालना गर्ने बैंकलाई हामीले रोकेको छैनौ । नियमविपरित जानेलाई रोक्नु स्वभाविक नै रहेको राष्ट्र बैकका स्रोतल जनाएको छ। बैंकहरुलाई प्रोभिजनमा बाध्यकारी गराउँदा र ग्राहकबाट लिएको अतिरिक्त प्रिमियम फिर्ता गर्नु पर्ने भन्दै वित्तीय विवरणहरु स्वीकृत नगरेर बसेको छ । अत्तिरिक्त रकम फिर्ता गर्न बैंकहरु आनाकानी गरिरहेको छ।

राष्ट्र बैंकको नियमविपपरित कारोबार गरेको भन्दै लाभांश नै रोक्न लागेको हो । बैंकहरुले राष्ट्र बैंकको नीति अनुरुप प्राथमिक पुँजी कोष र पुँजी कोष नपुर्याएको भन्दै पाँच वटा वाणिज्य बैंकको लाभांश रोक्ने तयारी राष्ट्र बैंकले गरेको हो।

स्रोतका अनुसार एनआइसी एसिया, माछापुच्छ्रे, प्रभु, सिद्धार्थ र लक्ष्मी बैंकले प्राथमिक पुँजी कोष मेन्टेन नगरेको भन्दै लाभांश नै रोक्न लागेको हो । यसअघि केही बैंकहरुलाई कार्वाही गरेपनि बैंकहरुले मनोमानी ढंगबाट व्यवसाय गरेको हुँदा राष्ट्र बैंक थप कडाईको साथमा उभिएको ।

बैंकहरुलाई राष्ट्र बैंकहरुले बैंकहरुलाई डबल डिजिटमा लाभांश नदिन पनि निर्देशन दिईसकेको छ। हाल बैंकहरुलाई लाभांशभन्दा पनि प्रोभिजनमा केन्द्रित हुन बैंकहरुलाई निर्देशन यसअघि नै निर्देशन दिईसकेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*