लाभांश प्रस्तावसहित एनआइबिएल एस क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १८ गते एनआइबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो ।
कम्पनीको १०औं सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजी २७ करोड रुपैयाँको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक हाल मर्जर प्रक्रियामा रहेको र मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंक लि. अन्य मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गरिरहेका बैंक वित्तीय संस्थाहरुसँग गाभिएमा सो सम्बन्धिको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
साथै संचालक समितिको भत्ता बृद्धि, आव २०७८।७९ मा कम्पनीको संस्थागत उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम १३ लाख १२ हजार ४१९ रुपैयाँ पारित गर्ने, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने र आव २०७९।८० को लागि लेखापरिक्षण नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।