बैंकहरुमा एकैदिन थपियो ३८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार

२८ आश्विन २०७९, शुक्रबार १०:३५

काठमाडौं । बैंकहरुमा एकैदिन ३८ अर्बले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज २५ र २६ गतेको तथ्याङ्कअन्ुसार बैंकहरुको निक्षेप संकलनमा ब्यापक सुधार देखिएको हो ।

यसअघि राष्ट्र बैंकले देखाएको तथ्याङ्कअनुसार असोज २४ र २५ गतेमा बैंकहरुको निक्षेप एकैदिन ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । असोज २५ गतेसम्म ५० खर्ब ८७ अर्ब रुपैयाँ रहे्को निक्षेप असोज २६ गतेसम्ममा ५१ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यसअनुसार बैंकहरुमा एकैदिन ३८ अर्ब निक्षेप थपिएको छ ।

जसमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ४५ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन अर्थात् असोज २५ गते कमर्सियल बैंकको निक्षेप ४४ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो ।

यता निक्षेप संकलनमा व्यापक सुधार देखिएसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) समेत सुधार देखिएको छ । असोज २५ गते बढेर ८७.८१ प्रतिशत पुगेको सीडी रेसियो निक्षेप बढेसँगै घटेर ८७.०१ प्रतिशतमा कायम हुन पुगेको छ ।

त्यस्तै, असोज २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने दुई अर्ब घटेको छ । असोज २५ गते ४७ खर्ब २१ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी असोज २६ गते घटेर ४७ खर्ब २१ अर्ब रुपैयाँ कायम भएको छ ।

 

6348252940dff.png

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*