अपर लोहोरे हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग माग्यो अनुमति

२८ आश्विन २०७९, शुक्रबार ११:३९

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज १३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*