३२ नयाँ ब्रोकर लाइसेन्स सिफारिसका लागि नेप्सेमा आवेदन, क–कसले दिए आवेदन? (सूची सहित)

२८ आश्विन २०७९, शुक्रबार १७:०१

काठमाडौं । नेप्सेमा हालसम्म ३२ नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन आवेदन दिएका छन् ।आज कार्यालय अवधिसम्ममा ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेको नेप्सेका प्रवत्ता मुरहरी पराजुलीले बताए ।

‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, समय पनि बँकि छ, उनले भने । ‘ नेप्सेले एकैपटक सबै कम्पनीलाई सिफारिस दिने पनि तयारी भईरहेको स्रोतले जनाएको छ ।बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको छ। आवेदन दिने म्याद असोज मसान्तमा सकिनेछ। अहिलेसम्म सेबोनमा हिमालयन ब्रोकरेजले मात्रै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको छ।

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ ९ग० को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

सेबोनले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाएसँगै नेप्सेले नयाँ ब्रोकर लाइसेन्सको सिफारिस नदिने मनसाय बनाएको थियो। तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनपछि नेप्सेले सिफारिस दिने निर्णय गरेको थियो।

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।

ब्रोकर लाइसेन्सका लागि सिफारिस माग्ने कम्पनीहरु,

भोले गणेश सेक्युरिटिज लिमिटेड
क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि
कलश सेक्युरिटिज प्रालि
हिमालयन ब्रोकरेज कम्पनी
एनएमबी सेक्युरिटिज लिमिटेड
केबीएल सेक्युरिटिज लिमिटेड
प्रोपर्टी बिजार्ड लिमिटेड
सेयरप्रो सेक्युरिटिज लिमिटेड
माछापुच्छ्रे सेक्युरिटिज प्रालि
एनआईसी एसिया सेक्युरिटिज लिमिटेड
सन सेक्युरिटिज प्रालि
पाही इन्भेस्टमेन्ट लिमिटेड
मियो सेक्युरिटिज प्रालि
मेगा स्टक ब्रोकर लिमिटेड
एलिट स्टक हाउस
इन्फिनिटी सेक्युरिटिज लिमिटेड
इन्डेक्स सेक्युरिटिज लिमिटेड
जेबीएनएल सेक्युरिटिज लिमिटेड
प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे
आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड
एसपीएसबी सेक्युरिटिज लिमिटेड
नबिल सेक्युरिटिज लिमिटेड
शुभकामना सेक्युरिटिज प्रालि
ट्रेडमो सेक्युरिटिज प्रालि
सानिमा सेक्युरिटिज लिमिटेड
आकाशभैरव सेक्युरिटिज लिमिटेड
हिमालयन सेक्युरिटिज लिमिटेड
क्यापिटल हब प्रालि
गरिमा सेक्युरिटिज लिमिटेड
स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड
हातेमालो फानान्सियल सर्भिसेज प्रालि
सीबीआईएल सेक्युरिटिज

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*