सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण

२८ आश्विन २०७९, शुक्रबार १७:४५

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०७९ आश्विन २८ गते शुक्रबार विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन ।

कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पु¥याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा वोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.लक्ष्मी नारायण यादवज्यूले हेमो डायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता वारेमा चर्चा गर्नुभएको थियो र बैंकद्धारा हस्तान्तरण गरीएका डायलाइसीस मेसीनहरुको अधिक्तम उपयोग गरिने सम्बन्धमा प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको बारेमा बैंक संचालक नरेन्द्र कुमार अग्रवालले जानकारी गराउनु भएको थियो भने आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको समेत जानकारी गराएका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*