एनसीसी बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको असोज २९ गते बसेको संचालक समितिकोा बैठकले आव २०७८।७९ को मुनाफाबाट हाल चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रीतशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।