एनआइसी एशिया क्यापिटलका तीनवटा फण्डद्धारा लाभांश प्रस्ताव, कसले कति दिदैछ ?

काठमाडौं । एनआइसी एशिया क्यापिटलको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया डाईनामिक डेब्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट उक्त योजनाका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशत, एनआईसी एशिया डाईनामिक डेब्ट फण्डका इकाईधनीहरूलाई करसहित ६ प्रतिशत र एनआईसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
तीनै वटा म्युचुअल फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि कार्तिक १५ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले कार्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने इकाईधनीहरूले मात्रै यो लाभांश प्राप्त गर्न सक्नेछन् ।