राष्ट्र बैंकद्धारा कुमारी बैंकको लाभांश स्वीकृत

३० आश्विन २०७९, आईतवार ११:११

काठमाडौं । कुमारी बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८।७९को लाभांश स्वीकृत गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेसँगै बैंकलाई साधारणसभा आह्वान गर्ने बाटो खुलेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

बैंकले यस पटक बोनस शेयर बितरण नगरी नगद लाभांश मात्र बितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।

हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*