बरुण हाइड्रोपावरले अवतरित हकप्रद शेयर कात्तिक १४ देखि लिलामीमा ल्याउने

३० आश्विन २०७९, आईतवार ११:२५

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेदेखि कात्तिक २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।

कम्पनीले भदौ ६ गतदेखि भदौ ३१ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकाले उक्त नबिकेको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, कम्पनी, संघसंस्थाहरुले कात्तिक १४ गतेबाट गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकको छ । यसथै इच्छुक आवेदकले १०० वा सो भन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्या वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले कम्पनीको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकु काठमाडौं अर्थात राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*