जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

३० आश्विन २०७९, आईतवार ११:४४

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले २५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

यसअघि संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर किन्न लघुवित्तले अनुरोध गरेको थियो । तोकिएको अवधिसम्ममा संस्थापकबाट आवेदन नपरेपछि लघुवित्तले अन्य संस्था वा व्यक्तिका लागि आवेदन खुलाइएको हो ।

लघुवित्तले उक्त शेयरको न्यूनतम मूल्य ९०० रुपैयाँ तोकेको छ । यसर्थ इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक ब्यक्ति तथा संस्थाले १५ दिनभित्र खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*