अर्बौ सेटिङमा दिन लागेको स्टक एक्सचेन्जको लाइसेन्स रोकिदै, निर्वाचन आयोगको पत्रसँगै हच्कियो अर्थमन्त्रालय

काठमाडौं । अर्बौ रुपैयाँ सेटिङमा वितरण गर्न लागिएको स्टक एक्सचेन्जको लाइसेन्स रोकिने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरुको लाइसेन्स वितरण निर्वाचन आचार संहित उल्लंघन गरेको भन्दै पत्राचार गरेपछि अर्थमन्त्रालय हच्किएको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार गत शुक्रबार अर्थात असोज २८ गते अर्थमन्त्रालयको नाममा पत्राचार गरी लाइसेन्स वितरणबारे तीन दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएसँगै माफियासँगको सेटिङमा हुन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य रोकिने भएको छ । तत्कालको लागि रोकिने भएपनि निर्वाचन आचार संहित सकिने वित्तिकै मत गणना जारी रहेकै बेला माफियाहरुको सेटिङमा लाइसेन्स वितरण गर्नसक्ने अर्थमन्त्रलाय स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै लाईसेन्स वितरण गर्ने कार्य आचार संहिता विपरितको भएको भन्दै जवाफ पठाउन भनिएको छ । आयोगले सोमबारभित्र जवाफ प्राप्त गरी सो सम्बन्धी सबै कार्य रोक्न निर्देशन दिनसक्ने जनाइएको छ । निर्वाचनको समयमा सरकारले अर्बौ रुपैयाँको सेटिङमा लाइसेन्स दिन लागेको विषय राजनीतिक विषयमा भने प्रवेश पाएको छैन ।
सेबोनको अध्यक्षको रुपमा डा. रमेश हमाल आएदेखि नै माफियासँगको सेटिङमा काम गर्दै आएका छन् । माफियासँग छ अर्ब रुपैयाँ सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको छ । शेयर लगानीकर्ताहरुको हितमा काम गर्नुभन्दा पनि माफियासँगको घुस सेटिङमा अध्यक्ष बनेका हमाल नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिएर अर्बौ रुपैयाँ कुम्ल्याउन दाउमा रहेका छन् ।