२०.९५ प्रतिशत लाभांश दिने बैंक अफ काठमाण्डूको घोषणा, बोनस र नगद कति ?

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट चुक्तापुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल २०.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।