बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

३० आश्विन २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको अन्तिमतिर बढेको नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार घटेसँगै आज ८० करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एभरेष्ट बैंक लिमिटेडको ८ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गरिमा विकास बैंकको ४ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ३२ लाख, शिवम् सिमेन्ट्सको २ करोड ९९ लाख र रिडी हाइड्रोपावरको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*