बैंकहरुको ब्याजदरको विषयले शेयरबजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ११ सूचक राताम्य

३० आश्विन २०७९, आईतवार १५:१४

काठमाडौं । गत साताको अन्तिम दुईदिन हरियाली छाएको शेयरबजार आज फेरी सामान्य अंकले घट्न पुगेको छ । नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ ।

पछिल्लो समय बैंकहरुको ब्याजदरको विषयले शेयरबजारमा उतारचढाव बढेको छ । लगानीकर्ताहरु ब्याजदर घट्ने आशामा बसिरहेका छन् । यसैको कारण पनि केही दिनयताका शेयरबजारमा कारोबार रकम अर्ब तल झरेको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुँदा ८० करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग समूहको ०.२५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.२८ प्रतिशतले बढेको छ भने बाँकी सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक लगानी समूह १.६८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*